वीरगंज महालक्ष्मी समाजमा नयाँ कार्यसमिति
काठमाडौं । वीरगंज महालक्ष्मी समाजले प्रथम बार्षिक साधारण सभा गरेको छ । ललितपुरमा एक कार्यक्रम गरी समाजले प्रथम साधारण सभा गरेको हो । बीरगंजमा जन्मिएर ललितपुरको महालक्ष्मी नगरपालिकामा बसोवास गर्दै आएका ब्यक्तीहरुबाट गठन गरिएको समाजले विभिन्न गतिविधि गर्दै आएको छ ।
वीरगंजको विकास र त्यहाँका गतिविधिलाई सहयोग पु¥याउने र काठमाडौं उपत्यकामा भएका बीरगंजबासीलाई एकताबद्ध गर्ने उदेश्यले समाजको गठन भएको हो । कार्यक्रममा समाजका अध्यक्ष सुरेन्द्रबहादुर हाडाले वीरगंजबाट आएका नागरिकले एक्लो महसुस नगरुन भनेर समाज गठन गरेको बताए ।
ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले वीरगंजमा जन्मिएका ब्यक्तीहरुको पहलमा बनाइएको समाजले उल्लेखनिय काम गर्ने बताइन । उनले सबै एकै ठाउँ जम्मा भएर आपसी कुराकानी तथा सहयोग गर्ने भूमिकाको प्रशंशा गरिन ।
संविधासभा सदस्य अजय द्ववेदीले वीरगंज महालक्ष्मी समाजले गर्दै आएको कामको प्रशंशा गरेका थिए । त्यस्तै, सल्लाहकार राजकृष्ण अमात्यले सबै जम्मा भएर एकले अर्काको भावना बुझ्ने र सहयोग गर्ने कामको निरन्तरता हुनुपर्नेमा जोड दिएका थिए ।
समाजका सचिव गोविन्द प्रसाद श्रेष्ठले सन्चालन गरेको कार्यक्रमले दुई बर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको थियो । अध्यक्षमा सुरेन्द्रबहादुर हाडा, उपाध्यक्ष ज्ञानेन्द्र शाक्य, सचिव गोविन्द प्रसाद श्रेष्ठ, कोषाध्यक्ष सुभद्रा कर्माचार्य, सहसचिव सुवर्णकुमारी गोर्खाली, सदस्य कुशुमलाल श्रेष्ठ, रेखाकुमारी गुप्ता, नवराज महर्जन, प्रविन न्यौपाने चयन भएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE