बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रवि लामिछानेले घुमाउरो तरिकाले अपराध स्वीकार गरिसकेः महेश बर्तौला

  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक बिगो महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुमाउरो तरिकाले अपराध स्वीकार गरिसकेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले जमानतमा छुट्न पाउँ भन्ने निवेदन दिएपछि घुमाउरो तरिकाले अपराध स्वीकारेको बताएका हुन् । लामिछानेले जमानतमा छुट्न पाउँ भन्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएपछि उनले घुमाउरो तरिकाले अपराध स्वीकार गरिसकेको बर्तौलाले बताए ।

‘रवि लामिछानेले बिगो स्वीकार गरेर जमानतमा छुट्न पाउँ भन्ने निवेदन रुपन्देही जिल्ला अदालतमा दिए,’ बर्तौलाले भने, ‘बिगो स्वीकार गरेर घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसके ।’ बर्तौलाले लामिछानेको यो कार्यले उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको ‘राजनीतिक प्रतिशोध’ भन्ने धारणा उदाङ्गो भएको बताए ।

प्रतिनिधिसभा बहिस्कार गरेर मिनी संसद्‌मा सहभागी भई नौटङ्की राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गरिरहेका बताए । उनीहरूले प्रधानमन्त्री मन्त्रीविरुद्ध र आफूलाई मन नपर्ने राजनीतिक पार्टी र नेताहरुविरुद्ध सङ्गठित गालीगलौज गरिरहेको बताए ।

गीलगौजको कार्यशैली सच्याउन उनले रास्वपा सांसदहरूलाई आग्रह गरे । यो प्रक्रिया अघि ठिक लागे पनि प्रकारान्तरमा यी विषयले आफैलाई सिध्याउने उनको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x