नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्याउँछौँः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिएका छन् । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताए ।
मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताए । उनले जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको बताए । नेकपा एकीकृत समाजवादीको भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने उनको भनाई छ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पु¥याउने बताए ।
अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि एक पटक एउटा अभियान सञ्चालन गरेको थियो । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान । मेची—महाकाली अभियानमा सयकडौं र्काकर्ता सहभागि भएका थिए । हजारौँ जनताको साथ र समर्थन पाएका थियौँ ।
ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो । जुन पार्टी जनताको विश्वास गर्न चाहन्छ, उनीहरु शक्तिलाई परिचालित गरिरहेको हुन्छ । परिचालनको क्रम पालिका पालिकाभित्र हुन्छ । जिल्ला जिल्लामा पनि हुन्छ । जिल्लास्तरको अभियान सञ्चालन गरेर पालिकास्तरको अभियान सञ्चालन गरेर, प्रदेश स्तरको अभियान सञ्चालन गरेर, राष्ट्रिय स्तरको अभियान सञ्चालन गर्नुपर्छ ।
हामी पार्टीलाई अघि बढाउन चाहन्छौँ । यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन् । अवश्य ठूलो छ भन्नेकुरा पनि आउँदैन । तर यो पार्टीलाई हामीले सशक्त बनाउनुपर्नेछ । ठूला पार्टी बनाउनुपर्नेछ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पु¥याउनुपर्दछ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE