शनिबार, अशोज १८, २०८२
Saturday, October 4, 2025

ललितपुरका सीडिओद्वारा चोभार गल्छीको स्थलगत निरीक्षण, जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको स्थलगत निरीक्षण गरेको छ । स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए ।

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सबै निकायका प्रमुखसहितको टोलीले चोभार गल्छीको निरीक्षण गरेको थियो ।

उनले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गर्ने जानकारी दिए । नक्खु सहित काठमाडौं उपत्यकाका खोलानालाको एक मात्र निकास चोभार गल्छी हो । प्राचीन समयमा काठमाडौं उपत्यकामा रहेको तलाउको पानी चोभारको डाँडो काटेर बाहिर पठाई बस्ती बसालेको किंवदन्ती छ ।

डाँडो काटेको भनिएको ठाउँ साँघुरो छ । त्यहाँबाट पानी निकास कम हुने हुँदा काठमाडौं उपत्यकाका नक्खु, कुलेश्वर, बल्खु, थापाथली, शंखमूल लगायत भूभाग हरेक वर्षायाममा डुबानमा पर्दछन् । गत वर्ष २०८१ सालको असोज १० देखि १३ गतेभित्र काठमाडौं उपत्यकाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा हुँदा पनि बस्तीहरू डुबानमा परेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x