आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही हुन्छ, भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने बताएका छन् । आईतवार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगका भेटमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन ।

फागुन २१ मा चुनाव गराउने कुरामा सरकार स्पष्ट रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो । उनले सरकारले जनतालाई अनुभूति हुने गरी सुशासनको क्षेत्रमा पनि काम गर्ने बताए । ६ महिनाको म्यान्डेटसहित बनेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा देखिने गरी काम गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले सोहीअनुसार कामलाई अघि बढाइएको दाबी गरे ।

उनले भने, ‘यो सरकार विशेष परिस्थितिमा आएको हो । यसको स्पष्ट मान्डेटहरु छन् । चुनाव फागुन २१ मा गर्नैपर्छ, गर्ने नै हो । यो सरकार यसमा स्पष्ट छ । दोस्रो कुरा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरुमा यो ५-६ महिनाको अवधिमा जनतालाई अनुभुत गराउने गरेर काम शुरु भयो, अगाडि बढयो, काम देखियो भन्ने हिसावले त्यसको शुरुवात गर्ने हो ।

फेरि मैले यो पटक पटक भनेको छु–यो भ्रष्टाचार नियन्त्रणमा सयमा सय गर्न त समय लाग्दछ नै । हामीसँग त यतिवटा काण्डहरु छन् कि कतिपय काण्डहरु २ महिना लाग्छ, ३ महिना लाग्छ । एक वर्ष लाग्छ । २ वर्ष लाग्नसक्छ । तर ६ महिना भित्र कम्तिमा महशुस हुनेगरी कामहरु अगाडि बढाउने हो । र, तेस्रो कुरा भनेको जुन जेनजी आन्दोलनको क्रममा धनजनको क्षति भएको छ ।

पूर्वाधारहरुको क्षति भएको छ । पत्रकारहरु नै घाइते भएका छन् । सञ्चार माध्यामको कुरा गर्दा खण्डहरु जस्तो देखिएको छ । देशभर अरु धेरै क्षति भएको छ । त्यस हिसावले यसको क्षतिको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने कुरामा दुविधा नराख्दा हुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x