शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु भएको छ । बिहीवार बिहान निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरुसँगको छलफल शुरु भएको हो ।

 

निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुसँग छलफल शुरु गरेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको नर्वाचन गराउने मिति तोकेको छ । राजनीतिक दलहरुसँग निर्वाचनबारे कुनै छलफल नै नगरिएको भन्दै सरकारको आलोचना समेत हुँदै आएको छ । नेकपा एमालेसहितका नेपाली काँग्रेस लगायत राजनीतिक दलहरुले संसद पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।

 

नेकपा एमालेले संसद पुनःस्थापनाका लागि अदालत जाने निर्णय समेत गरिसकेको छ भने नेपाली काँग्रेसले पार्टीको केन्द्रिय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्नेछ । नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरुले भने निर्वाचनको तयारी थाल्ने बताइसकेका छन् । निर्वाचन आयोगले बोलाएको बैठकमा नेकपा (माओवादी केन्द्र) का देव गुरुङ, लिलामणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् ।

 

निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा।जानकीकुमारी तुलाधार र निर्वाचन आयुक्त सगुन शमशेर जबरा सहभागी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x