आइतवार, कार्तिक २४, २०८२
Sunday, November 9, 2025

वर्षमानको दाबीः आगामी निर्वाचनबाट देशकै ठूलो पार्टी बन्छौँ

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरुको पार्टीले आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट जित्ने दाबी गरेका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले यस्तो दाबी गरेका हुन ।

उनले आफूहरु आगामी निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने पनि बताए । जनार्दन शर्माबारे सञ्चारकर्मीको जिज्ञासामा उनले छुटेको रेलमा विस्तारै घुम्तीका स्टेशनहरुमा चढ्ने टिप्पणी गरे । उनले आफूहरु जेन जीका माग पूरा गर्न र जनतालाई जोड्ने काममा लाग्ने पनि बताए ।

उनले भने, ‘धेरै साथीहरु गोलवन्द हुँदै कमरेड पुष्पलालको सपनालाई वैज्ञानिक समाजवादसँग जोड्ने आजका युवाहरुको, आजका जनताहरुसँग जोड्ने कुरा हो । हामी झनै अघि बढेका छौँ । अरु भ्रम पार्ने भन्दा यही कुरा स्थापित गर्नुपर्छ । जनार्दन र घनश्यामजीहरु हामीसँगै हुनुहुन्छ, कम्युनिष्ट आन्दोलनको एउटा घुम्तीमा हुनुहुन्छ ।

हामी मूल बाटो लाग्यौँ । उहाँहरु घुम्तीमा अल्मलिनुभएको जस्तो छ । रेल छुटेको हो, विभिन्न स्टेशनमा रोक्दै नयाँ प्यासेन्जर चढाउँदै जाने हो । अर्को स्टेशनमा आउनुहुन्छ भन्ने विश्वास छ । १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँछौँ । जेन जी नवयुवाहरुसहितलाई लिएर यस पटक सबैभन्दा धेरै सिट लिनेगरी तयारी छ, आकंक्षा छ। हामी लार्जेस्ट पार्टी हुन्छौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x