मङ्लबार, मंसिर ३, २०८२
Tuesday, November 18, 2025

मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन

काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा समर्थकहरु पनि धर्नामा उत्रिएका छन् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरुले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित समर्थकहरु धर्नामा बसेको हुन् ।

जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरु धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरु धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए ।

सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका थिए । यही विवादमा गत मंगलवार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो ।

सर्वोच्चमा मुख्यमन्त्री नियुक्तिको विवाद सम्बन्धी रिटको सुनुवाई जारी रहेको समयमा धर्ना तथा आन्दोलनको कार्यक्रम गरेर ७ दलिय गठबन्धनले मुख्यमन्त्री यादवले काममा अवरोध सिर्जना गरिरहेको मुख्यमन्त्री यादवका समर्थकहरुको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x