एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि गर्यो दल दर्ता
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।
दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए । प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय तोकिएको छ ।
सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए । एमाले ६६ नम्बरमा दर्ता भएको हो । दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए । निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये जुन–जुन दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्छन उनीहरूले निर्वाचनमा भाग लिन पाउँछन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE