निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ ।
राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ । निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् ।
यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् । शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE