शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

किन्तु, परन्तु भनेर निर्वाचनबाट पन्छिने अवस्था छैनः रामप्रसाद भण्डारी

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताएका छन् । मंगलवार सरकारसँग निर्वाचन आयोगले गरेको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताए । आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचन विकल्पबिहिन निर्वाचन भएको दाबी गरे । हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताए ।

सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने, नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको बताए । एआई प्रविधिको दुरुपयोगबारे पनि सरकारले गहन रुपमा छलफल गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘शुरुमै हामीले सोसल मिडियालाई कति हदसम्म जान दिने र सोसल मिडियाले कतिसम्म प्रचार गर्न पाउने, सोसल मिडियाले कुनैपनि उम्मेदवारको विरुद्धमा कतिसम्म प्रचार गर्न दिने यदी त्यस्तो नकारात्मक प्रचारप्रसार गर्दा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने लगायत बारेमा सरकारले सोच्न जरुरी छ । यो विषय अझ जटिल छ ।

अहिले एआई प्रविधि जुन आएको छ, झन ठूलो जटिलता थपेको छ । यसलाई नियन्त्रण गर्ने उपाय त्यही किसिमको प्राविधिक व्यक्तिहरुलाई समेटेर अघि बढ्न नसके ति विषयहरु जटिल हुन्छन् । निर्वाचन आयोगले निर्वाचनामैत्री वातावरण श्रृष्टि गरेर निर्वाचनको वातावरण बनाउने हो । निर्वाचनका लागि निष्ठाका साथ प्रवेश गर्ने हो ।

कुनै पक्षबाट त्यसमा विरोधाभाष आयो र विरुद्धमा कुनै प्रतिक्रिया भयो भने त्यसलाई नियन्त्रण गर्ने काम निर्वाचन आयोग, सरकार, राजनीतिक दल, मतदाता, नागरिक समाजका अगुवा सबैको भुमिका हुन्छ । निर्वाचनमा कुनै किन्तु, परन्तु भनेर पछि हट्यो भने मेरो होइन, उसको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था हुँदैन ।

यो गर्नैपर्ने विकल्पविहिन निर्वाचन हो । यसलाई हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिनुपर्छ ।’

उनले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र पुसको १५ गतेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताए । सबै राजनीतिक दलहरुसमेत प्रतिष्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको बताए । मुलुक निर्वाचनमय भइसकेको दाबी गर्नुभयो । समयमै निर्वाचन हुने र निर्वाचनको विकल्प नभएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x