शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

निर्वाचनको सम्भावना छैनः ओली

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताएका छन्। पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। । उनले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाएका छन्। । अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गरे । उनले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गरेका छन्।

उनले भने , ‘राष्ट्रपतिजीको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो । हामीले यो यो अग्रमगमनको बाटो गएको छैन प्रतिगमतिर गएको छ भन्यौँ । असंवैधानिक ढंगले सरकार बनेको छ । तर पनि चुनाव विरोधी हामी होइनौँ । प्रतिगमविरोधी हौँ । चुनाव हुनु हुदैन भन्ने हाम्रो कुरा होइन । प्रतिगमन हुनुहुदैन भन्ने हाम्रो कुरा हो । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ । त्यसकारण हामीले विघटित संसद पुनःस्थापनको माग गरेका छौँ । छलफलमा यस विषयमा अदालतले जे फैसला गर्छ त्यसको कार्यान्वयन गर्ने कुरा भयो । राष्ट्रपति र प्रधानमन्त्री चुनाव गरौँ भन्दा हामीले नगरौँ भनेका छैनौँ । तर खै वातावरण बनेको रु वातवरण बन्ने लक्षण छैन, बनेको छैन । अहिले विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरुमाथि प्रतिबन्ध, अनेक प्रकारका अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गर्ने कुराहरु लगातार भइरहेको छ । र त्रास खडा गर्ने वातावरण बनेको छ । नवयुवाहरुको नाम बेचेर जेन–जीका नाममा केही छट्टु टाठाबाठाहरुले खाने गरेका छन् । त्यसकारण अहिले वातावरण बनेको छैन, बन्नेवाला पनि छैन र अहिले निर्वाचनको सम्भावना नै देखिदेन ।’

जेन–जीका नाममा नवयुवाहरुको नाम बेचेर केही छट्टु टाठाबाठाहरुले खाइरहेको टिप्पणी समेत गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x