शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि सुरु हुने

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि सुरु हुने भएको छ ।प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोलीको सहभागिता रहने छ आयोजकले जनाएको छ ।सहभागी टोलीलाई २ समूहमा विभाजन गरि लिग कम नकआउटका‌ आधारमा हुने बताइएको छ ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार र उपविजेताले २ लाख ५० हजार तथा तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ नगद प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।त्यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँसँगै अन्य पुरस्कार प्रदान गरिने र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x