क्यालिफोर्नियामा भीषण हिउँदे आँधीका काराण जनजीवन अस्तव्यस्त, ६ काउन्टीमा संकटकाल घोषणा
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रिसमस बिदाको साता आएको शक्तिशाली हिउँदे आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ ।
आँधीका कारण चार जनाको ज्यान गएको छ भने गभर्नरले प्रभावित क्षेत्रमा संकटकाल घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रिसमस बिदाको साता आएको शक्तिशाली हिउँदे आँधीले व्यापक क्षति पु¥याएको छ । अधिकारीहरूकाअनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै गभर्नर गेभिन न्युसमले लस एन्जलस, ओरेन्ज, रिभरसाइड, सान बर्नार्डिनो, सान डिएगो र शास्ता काउन्टीमा संकटकाल घोषणा गरेका छन् । यस कानूनी घोषणाले राज्य सरकारलाई थप स्रोत परिचालन गर्न र संघीय सहायता प्राप्त गर्न सहज बनाउनेछ । मृत्यु हुनेहरूमा सान डिएगोमा २३ मिटर अग्लो रुख ढलेर थिचिएका ६४ वर्षीय पुरुष, मेन्डोकिनो काउन्टीमा समुन्द्री लहरले बगाएकी ७० वर्षीया वृद्धा, रेडिङमा बाढीमा फसेका सवारी चालक र सेक्रामेन्टोमा मौसमजन्य दुर्घटनामा परेका एक प्रहरी अधिकारी रहेका छन् ।
आँधीका कारण बुधवार रातिसम्म १ लाख ४० हजार ग्राहकको विद्युत सेवा अवरुद्ध भएको थियो भने अझै ९२ हजारभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE