शुक्रबार, पुस १८, २०८२
Friday, January 2, 2026

काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टीभित्र नियमित महाधिवेशनको तालिका र विशेष महाधिवेशनको मागबीच उत्पन्न विवादलाई सम्बोधन गर्न यो बैठक महत्वपूर्ण मानिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगन भएको र विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने बताएका थिए । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवाको सक्रियतामा बैठक बोलाइएको हो । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशील सदस्यता वितरणको अन्तिम प्रक्रिया र आगामी निर्वाचन तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसअघि १५ औँ महाधिवेशन पुस २६–२९ गते गर्ने तालिका रहे पनि तल्लो तहका अधिवेशन सुरु नहुँदा ढिलाइ भएको थियो । पार्टी प्रवक्ता डा प्रकाशशरण महतकाअनुसार बैठकले संस्थागत निर्णय लिने प्रयास गर्नेछ । बैठकमा पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको उपस्थिति रहनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x