कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गर्दै
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।
शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जनाइएको छ । भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने नबोलाइएको बताइएको छ ।
यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक भेलाहरू आयोजना गर्दै आएका थिए । उनीहरू निर्वाचनअगावै महाधिवेशन हुन नहुने पक्षमा अडान राख्दै आएका थिए ।
यसैबीच संस्थापन पक्षले विशेष महाधिवशेनको काउन्टरमा युवा भेला आयोजना गर्दै छ । २७ पुसका लागि तय भएको भेला बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE