मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आउने सामानहरूमा २५ प्रतिशत भन्सार कर (ट्यारिफ) लगाएको घोषणा गरेका छन् । इरानमा सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा दबाब सिर्जना गर्न पछिल्लो कदम चालिएको हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत छन् । इरानले प्रदर्शनकारीलाई दमन गर्दै गएमा सैन्य हस्तक्षेप गर्ने ट्रम्पले धम्की दिएपछि नयाँ शुल्क लगाइएको हो ।

ह्वाइट हाउसकी प्रवक्ता कारोलिन लेभिटले हवाई आक्रमणलगायत सैन्य विकल्पहरू अझै पनि टेबलमा रहेका बताएकी छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x