वार्तास्थलबाट प्रदीप पौडेल- परिवर्तनकारी नीति र नेतृत्वसहित कांग्रेस अझ एकताबद्ध बन्नेछ
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन् ।
बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले कांग्रेसलाई एकताबद्ध बनाउने उनले बताएका छन् ।
सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा चलिरहेको वार्तामा सहभागी उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं ।’
वार्तामा देउवा समूहबाट रमेश लेखक, बालकृष्ण खाँण, गगन(विश्व समूहबाट प्रदीप, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य तथा शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी छन् ।
छलफलमा सहमति नजुटे केन्द्रीय समिति बैठकमा सहभागी नहुने विशेष पक्षको तयारी छ । संस्थापन पक्षले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
उता वार्ता चलिरहँदा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको हल भृकुटीमण्डपमा डीएलए अध्यक्ष सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE