मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

कांग्रेसमा सहमतिको प्रयास जारी

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आठबुँदे प्रस्ताव अघि सार्दै सहमतिको प्रयास जारी रहेको बताएका छन् ।

कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने प्रस्ताव विशेष महाधिवेशन पक्षधरको रहेको छ ।

त्यसैगरी तेस्रो प्रस्तावमा प्रधानमन्त्रीको उमेदवार अहिले नै तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने अरु प्रस्ताव रहेका छन् ।

त्यस्तै निर्वाचनमा केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उमेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने प्रस्ताव रहेका छन् ।

यी प्रस्तावमाथि सानेपामा छलफल भइरहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x