मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

राप्रपाले सोमवार नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सोमवार नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने बताएका छन् ।

सोमवार काठमाडौमा आयोजित कार्यक्रममा उनले सबै निर्वाचन क्षेत्रका उम्मेद्वार टुंग्याएर सार्वजानिक गर्ने बताएका हुन् । उनले देश अब निर्वाचनतर्फ अगाडी बढेको बताए । निर्वाचनको लागि राप्रपा पूर्ण तयारी भएको पनि उनले बताए । उनले आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने बताए । उनले आगामी निर्वाचनलाई नेतृत्व परिवर्तनको मात्रै नभई व्यवस्था परिवर्तनको लागि सदुपयोय गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मुलुक अब जबरजस्त चुनावतर्फ अगाडी सरिसकेको छ । यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना उम्मेद्वारहरुको पूर्ण सूचि केही समयपछि सार्वजानिक गर्नेगरि टुंगो लगाउँदैछ । हामी पनि चुनावमा तयारी भएर अगाडी आएका छौँ । प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा सहभागी हुने, सहभागी हुने मात्रै होइन चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने निष्कर्षमा पुगेर हामीले चुनावको प्रारम्भ शुरु गरिसकेका छौँ र चुनावको लागी हामी पूर्ण तयारी भएका छौँ ।’

उनले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्ने पनि दाबी गरे । राजसंस्था, सनातनी हिन्दुराष्ट्र र राष्ट्रवादी मान्यतालाई अंगाल्ने शक्तिहरु राप्रपामा धुव्रिकृत भइरहेको पनि जानकारी दिए । कार्यक्रममा पत्रकार गजेन्द्र वुढाथोकी, कानून व्यवसायी भद्रप्रसाद नेपाल लगायत राप्रपामा प्रवेश गरेका थिए । बुढाथोकी राप्रपाको समानुपातिक सूचिमा छन् भने नेपाललाई झापा क्षेत्र नम्बर २ बाट राप्रपाले उम्मेद्वार बनाउने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x