सोलुवासीलाई संयोजक दाहालको आग्रहः असिम राईलाई विजयी गराएर पठाउनुस्, सोलुको विकास म गर्नेछु’
काठमाडौं।नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्व राख्ने बताएका छन्।सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा संयोजक दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरालाई संसारले चासोका साथ हेर्ने बताए। उनले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गरे । उनले असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी गरे। सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उहाँले प्रतिवद्धता जनाए ।
उनले भने , ‘सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखको जिल्ला । संसारले हेर्छ, संसारले चिन्छ, सोलुमा कुन पार्टीले जित्यो रु कुन नेताले जित्यो भन्ने कुराको अर्थ राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि रहन्छ । तपाईहरुको जिम्मेवारी अरु क्षेत्रको जनता र उम्मेद्वारको भन्दा बढी छ । धेरै बढी छ, तपाईहरुले यो महशुस गर्नुभएको होला । तपाईहरु सवैले रेकर्ड बनाउने गरि असिम राईलाई तारा चुनाव चिन्हलाई अत्याधिक बहुमत दिएर विजयी गरेर पठाउनुस् । असिम राईलाई तपाईहरुले विजयी गरेर पठाएपछि असिम राईलाई के गनुपर्छ, म गर्नेछु । सोलुको विकासको निम्ति। तपाईहरुको विकास निर्माण सडक सञ्जालदेखि पर्यटनको विकासको निम्ति, पर्वतारोहणलाई व्यवस्थित गर्नेदेखि अन्तर्राष्ट्रिय रुपमा उर्जाशक्ति कसरी विकास गर्ने भन्नेदेखी तमाम कुराहरुमा मेरो साथ हुनेछ । तपाई असिमलाई जिताएर पठाउनुहोस्, सोलुलाई के गर्नुपर्छ म गर्नेछु ।’
उनले जेन–जी आन्दोलपछि एकताको आवश्यकता ठानेर वामपन्थी शक्तिहरुवीच एकताको कार्य अगाडी बढाएको जानकारी दिए । उनले नेकपामा विभिन्न २३ वटा घटक मिल्ने स्थितिमा पुगेको बताएका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE