मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

नेपाल टेलिकमले २२औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा टेलिकमले आज विभिन्न कार्यक्रमका साथ २२औँ वार्षिकोत्सव मनाउँदैछ । २०६० सालदेखि कम्पनीमा परिणत भएको टेलिकम शुरूमा नेपाल दुरसञ्चार संस्थानका रुपमा रहे पनि कम्पनीमा परिणत भएपछि २३औँ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवमा टेलिकमले ग्राहक, नेपाल सरकार, नियामकीय निकाय, सञ्चालक समिति, शेयरधनी, व्यावसायिक साझेदार, कर्मचारी, शुभेच्छुकहरुमा आभार तथा कृतज्ञता व्यक्त गर्दै शुभकामना दिएको छ ।

टेलिकमले आउँदो दिनमा अत्याधुनिक प्राविधिमा आधारित गुणस्तरीय, सुरक्षित तथा विश्वसनीय दुरसञ्चार सेवा प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा थप शसक्त योगदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x