मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैनः काँग्रेस

काठमाडौं। नेपाली काँग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ । नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए। उनले नेपाली काँग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए। उनले संसद पुनःस्थापना लगायतका विषयमा चलेका हल्लाहरुको विषयमा काँग्रेसको कुनै टीप्पणी भएको बताए। निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भएको उनको भनाई छ ।

उनले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र काँग्रेस आफ्नै बलमा चुनाव लड्ने दोहो¥याएको छ। उहाँले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

उनले बताए , ‘हामी सम्पुर्ण रुपमा हामी चुनावी प्रणालीमा गईरहेका छोँ । हामी चुनावमा नै विश्वास गर्छौ । पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन । चुनावपूर्व हाम्रो कसैसंग कुनै किसिमको गठबन्धन हुँदैन । नेपाली काँग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेद्वार कायम छ । हामी प्रचारमा लागेका छौँ । विजयको उन्मुख पुगिरहेका छौँ ।’

उनले निर्वाचनमा मतदान गर्दा विगतको ईतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेद्वारलाई गर्न पनि आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x