बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन्।

मंगलवार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औं० मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिदैं उनले निर्वाचन सफल बनाउन आह्वान गरे। उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको उनको भनाइ छ।

उनले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागी लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले फागुन २१ गतेको लागी तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन् अवसरमा म सबैलाई आह्वान गर्दछु ।’

फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x