शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

हिमपातले मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको छ । भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको उहाँको भनाइ छ । मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ ।

नार्पाभूमिमा वडा १ देखि ३ सम्म नार क्षेत्रमा ३, वडा ४ र ५ को फू क्षेत्रमा दुई गरी ५ वटा मतदान केन्द्र छन् । तर आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताएका छन् ।

नार्पाभूमि गाउँपालिकामा ४ सय ८८ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएको र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x