अघिल्लो चुनावमा नाउपाबाट १४ हजार मत ल्याएका धनीराम राप्रपा प्रवेश
काठमाडौं । रूपन्देही क्षेत्र नं १ मा मुख्य प्रतिस्पर्धी मानिएको राप्रपालाई सहज बनाउन ०७९ मा सो क्षेत्रमा नाउपाका उम्मेदवार रहेका नेता धनीराम चौधरी पार्टी प्रवेश गरेका छन् ।
चौधरीले गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चिन्ह लिएर रुपन्देही १ मा १३ हजार ९९२ सदर मत प्रप्त गरेका थिए ।
आज उनलाई चुनावी अभियानको क्रममा रुपन्देही आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गर्रेका छन् ।
चौधरीको प्रवेशबाट रुपन्देही क्षेत्र नं १ मा बिजय प्राप्त गर्न सहज हुने विश्वास राप्रपाले लिएको छ। राप्रपाबाट त्यस क्षेत्रमा प्रज्वल बोहोरा उमेदवार रहेका छन् । प्रज्वल राप्रपाका दिवंगत नेता दिपक बोहोराका सुपुत्र हुन् ।
अहिले यो क्षेत्रमा राप्रपले विशेष भेलाको आयोजना गरेको छ । राप्रपा अध्यक्ष लिङ्देनले यो कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE