सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

भोजपुरमा १२ बजेपछि मतगणना सुरु गरिने तयारी

काठमाडौं । भोजपुरमा १२ बजेपछिबाट मतगणना सुरु गरिने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालका अनुसार मतगणनाको समय र प्रक्रियाका बारेमा निर्णय लिन अहिले सर्वदलीय बैठक बसिरहेको छ । ११ बजेदेखि सुरु भएको उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँगको छलफलपछि मतगणनाको औपचारिक समय तय गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत दाहालले रातोपाटीसँग कुरा गर्दै भने,‘ ‘अहिले हामी उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छौँ । छलफल सकिएपछि मतगणनाको टुङ्गो लाग्नेछ र हामी तुरुन्तै सूचना जारी गर्नेछौँ । गणनाका लागि आवश्यक प्रतिनिधिहरूको नियुक्ति लगायतका प्राविधिक कामहरू भइरहेका छन् । सबै तयारी पूरा गरी सम्भवतः दिउँसो १२ देखि मतगणना सुरु गर्ने हाम्रो लक्ष्य छ ।

जिल्लाका सबै क्षेत्रबाट मतपेटिकाहरू सङ्कलन भइसकेको र सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x