राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एमालेकी राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताएकी छन्।सोमबार राष्ट्रिय सभा सांसद पदको सपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको बताएकी हुन्।
उनले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने बताइन्। नवनिर्वाचित सांसद झाँक्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभा खारेज गर्न चाहेको छ निरु भनेर प्रश्न गरिएको थियो।उनले भनिन्,‘राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत हर चिजहरु संविधानक केही अपरिवर्तनीय धाराहरुबाहेक सबै परिवर्तनशील छन्। सबै प्रावधानहरु परिवर्तन हुन्छ। संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ। त्यसकारण यी सबै विषयहरुमा छलफल हुन सक्छ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE