शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

नवनिर्वाचित सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक छः कमला पराजुली

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएकी छिन् ।

६१ औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिवकार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औँल्याएकी हुन् । अध्यक्ष पराजुलीले जातीय विभेदको शिकार सबै भन्दा बढी दलित महिलाहरु पर्नुपरेको तथ्य प्रश्तुत गर्दै त्यसको अन्त्यका लागि नवनिर्वाचित सांसदहरुले कडा कानून निर्माण गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न केन्द्रित हुनुुपर्ने स्पष्ट पारिन् । उनले नेपाल प्रहरी र महिला आयोगमा पनि जब्बरजस्ती करणीलगायतका महिला हिंसाका घटना जातीय विभेदका कारण आउने गरेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर निराकरण गर्दै लैजानुपर्ने बताइन् ।

अध्यक्ष पराजुलीले अपहरण, कर्तव्य ज्यानका उजुरीहरु पनि आउने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको निराकरणमा सम्बन्धित सबै पक्ष गम्भिर बन्नुपर्ने बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x