शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

विधायन व्यवस्थापन समितिको सभापतिमा काँग्रेस सांसद रोकाय

काठमाडौं।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन्। मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो ।

बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रश्ताव पेश गरेकोमा उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । समिति सभापतिमा सर्वम्मत भएपनि रोकायाले कसैप्रति कुनैपनि प्रकारको आग्रह नराखि पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउनेगरी भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने , ‘मैले आफ्नो यो कार्यकालमा जसरी विश्वास गरेर माननीयज्युहरुले पठाउनुभएको छ । समितिको कार्यकालभरी म कसैप्रति पनि कुनै प्रकारको आग्रह नराखिकन पार्टीभन्दा माथि उठेर यो विधायन समितिलाई अझ गरिमामय बनाउने, राष्ट्रिय सभाको गरिमालाई बचाउने तथा निष्पक्ष भूमिका मेरो तर्फबाट हुनेछ ।’

समितिले चयन भएर आएका नयाँ सांसदहरुलाई समेत स्वागत गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x