शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सरकार र दलहरुलाई सांसद महावीर पुनको आग्रह–नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्

काठमाडौं।सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दे उनले यस्तो आग्रह गरेका हुन। सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरे । फरक प्रसंगमा बोल्दै उहाँले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले भने , ‘गुम्ली जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरेको रहेछ । तर हिमाली जिल्लाले पाउने सुविधाहरु केही पनि त्यहाँ गएको रहेनछ । हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरु उपलब्ध गराउन अनुरोध गर्दछु । साथै म सरकार र सबै राजनीतिक दलहरुलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसिवाद र चाकरीवादजस्ता भाइसबाट बच्नुहोस् भन्न चाहन्छु । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि शुरु भएको हो । यो भाइरसले अझै पनि छोडेको छैन । अगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्नो आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने कुरा सुन्नु नपरोस् ।’

हिमाली जिल्लाले पाउनुपर्ने आधारभूत सेवा र सुविधा तत्काल उपलब्ध गराउन समेत माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x