शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिँदा विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले सचेत गराएका हुन् ।

सभापतिको सिफारिसमा मन्त्रीलाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई पदमुक्त गरिसकेका छन् ।

“यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकाले स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,” पत्रमा भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x