सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो, नरिवल खसाल्ने जात्रा बुधवार

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याइएको छ । हिजो रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहादेखि तानेर लगनखेल पुरयाईएको थियो । रथ तान्ने क्रममा पानी परिरहेपनि बसपार्कमा रहेको रुखमा रथलाई एक पटक परिक्रमा गराइएको थियो ।

नरिवल खसाल्ने जात्रा पर्सि बुधवार हुने भएको छ । रथ लगनखेल पुगेर त्यहाँको रुखलाई परिक्रमा गराएको चौथो दिनमा नरिवल खसाल्ने जात्रा मनाउने परम्परा छ । रथ लगनखेल पुर्याएपछि आज महाबली पूजा गरिन्छ ।

बुधबार रथको टुप्पोबाट नरिवल खसाल्ने र नरिवल खसालिएको भोलिपल्ट बिहानै एक दिन मात्रै महिलाहरूले रथ तान्ने परम्परा छ । त्यसपछि रथलाई इटीटोलमा राखिन्छ । जावलाखेलका लागि साइत हेरेर मात्रै रथ तान्ने परम्परा छ ।

कुमारीपाटी हुँदै जावलाखेलमा पुरयाएको चौथो दिन भोटो जात्रा मनाइन्छ । राष्ट्रप्रमुखबाट भोटो अवलोकनपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x