प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनी श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् ।
पूर्वमन्त्री किराँतीलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका थिए । किरातिको वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ । शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले जनाताको आदेश मानेर एकता गरेको बताए । अब जनताले आफूहरूलाई साथ दिने उनको विश्वास छ । पुर्खाले इतिहासमा गरेको त्रुटि सच्याएर अघि बढ्ने भनाइ उनको छ ।
अहिलेको सत्ताधारी रास्वपालाई देश बनाऊ भनेर जनादेश दिएको उनले बताउदै उनले रास्वापाले विगतमा भएका गल्तीबाट सिकेर राम्रो काम गर्नुपर्ने धारणा राखे । सत्ताधारी भएपछि रास्वपाको पनि बोली र व्यवहार नमिलेको बताउदै उनदे यदी रास्वपाले नराम्रो काम गरे देश जिम्मा लिन श्रम संस्कृति पार्टी आएको उल्लेख गरे ।
किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ । सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका छन् । जेनजी आन्दोलनपश्चात नेकपाका संयोजक प्रचण्डले माधव नेपालसहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै उनी जनार्दन शर्मासहित प्रलोपामा लागेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE