सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान शुरु

काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूको छाता संगठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ’ को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ ।

पोखरामा जारी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाकाअनुसार आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान शुरु गरिएको हो । यस महाधिवेशनमा देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गर्दैछन् । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यम (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग गरिएको महासंघले जनाएको छ । महासंघको अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिष्पर्धीका रूपमा चुनावी मैदानमा छन् ।

अध्यक्षका उम्मेदवार सिटौला महासंघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन । गत आईतवारदेखि शुरु भएको यस महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x