शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कांग्रेस नेता डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच भेटवार्ता

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

बानेश्वरस्थित निधि निवासमा पुगेर नेता कोइरालाले भेट वार्ता गरेका हुन् । दुई नेताबीच पार्टीको पछिल्लो राजनीति अवस्था र मुलुकको समसामयिक राजनीतिका विषयमा छलफल भएको निधि सचिवालयले जनाएको छ । शुक्रबार नेता पूर्णबहादुर खड्काले इतर पक्षको बैठक राखेका थिए। बैठकले सहमतिका लागि संस्थापन पक्ष सकारात्मक नभएको निष्कर्ष निकाल्दै मिल्ने सम्भावना कमजोर रहेको निष्कर्ष निकालेको थियो । तर खड्काले राखेको बैठकमा कोइराला गएका थिएनन् ।

अर्को बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेगरी सोमबारको लागि राखिएको छ । यसअघि बिहिबार नेता निधि निवासमै प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच पनि भेट भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x