सहकारीको रकम अपचलन आरोपमा जीबी राईकी प्रेमिका पक्राउ

पोखरा । प्रहरीले सहकारीको रकम अपचलन गरेको आरोपमा गितेन्द्र बाबु राई (जीबी)की प्रेमिकालाई पक्राउ गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले राईको कम्पनीमा सामान्य कर्मचारीमात्र रहेकी गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतकाअनुसार लिला जीबीको एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले वयानका लागि पोखरा बोलाएको थियो ।
सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसंग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले वयान दिन आएकी लिलालाई सोमबार पक्राउ गरेको थियो । ‘अनुसन्धानका क्रममा सामान्य कर्मचारीको खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि वयान लिन पोखरा बोलाएका थियौं । जिबीसँग मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि सोमबार पक्राउ गरिएको हो,’ कास्कीको एक प्रहरी अधिकारीले भने ।
उनलाई अहिले जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE