बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनको ऐतिहासिक मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्यले नयाँ इतिहास बनाएको छ । पछिल्लो केही दिन थोरै मात्रामा घटेको सुनको मूल्यले कारोबार साताको अन्तिम दिलन शुक्रबार फेरी नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार फेरि नयाँ रेकर्ड कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही असोज ११ गते छापावाल सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो । आज मूल्यको त्यो ‘रेकर्ड ब्रेक’ भएको हो ।

बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x