बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार सोमबारका लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० र बिक्रीदर एक सय ७४ रुपैयाँ ७८ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x