सर्लाहीमा कारसहित पोखरीमा बेपत्ता भएका दुई जनाको शव भेटियो

काठमाडौं । सर्लाहीमा कारसहित पोखरीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएका दुईको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार महोत्तरीको गौशाला नगरपालिका–१० का ३८ वर्षीय कारका चालक सुरेश महतो र महोत्तरीकै सोनामा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेलापरेको छ ।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
प्रहरीका अनुसार, कारमा तीनजना सवार थिए । तीमध्ये दुईजना बेपत्ता भएका थिए । कारमा सवार अर्का व्यक्ति गौशाला–२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्किएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE