बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको मौसम, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । हाल केही क्षेत्रमा बिहानैबाट वर्षा भइरहेको विभागको बुलेटिनमा उल्लेख छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ ।

मध्य र पूर्वी तराइका धेरै भू–भागमा हुस्सु लागेको छ । थोरै भू–भागमा कुहिरो लागेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

च्यथब िभ्लाष्भमि क्ष्कबिलम ब्म
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा गण्डकी, वाग्मती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

विभागले राति कर्णालीलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा पनि हल्का हिमपात हुने सम्भावना रहेको विभागको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x