बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको मौसम, तराईमा हुस्सु र कुहिरो लाग्ने

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यतिबेला कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोसी प्रदेशमा आंशिक बदली रहने छ । आज राति पनि कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भोलि (बिहीबार) पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी आगामी शुक्रबार कर्णाली र शुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x