आर.एल. लामाको निर्देशनमा फिल्म ‘चिठ्ठा’ बन्ने

काठमाडौं । अभिनेता समेत रहेका निर्देशक आरएल लामा मोक्तानले कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ बनाउने भएका छन् । यस फिल्मको पौष दोस्रो साताबाट सुरू हुन लागेको हो । यस फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक आरएल लामाले नै लेखेका छन् ।
लंका फिल्म प्रा.लि.को व्यानरमा निर्माण हुने फिल्ममा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्की र बालकलाकार अनुष्का न्यौपानेलगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मका लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामामाको भनाइ रहेको छ ।
रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको सिनेमामा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेको सिनेमामा रंग पत्रकार सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्धन्द्व निर्देशन, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अन्नु चौधरीको स्वर रहनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE