बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

थाइल्याण्डको होटलमा आगलागी हुँदा ३ जनाको मृत्यु

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककको एक होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय दमकल विभागले जनाएको छ ।

सोमवार बैंककको लोकप्रिय ब्याकप्याकर क्षेत्र खाओ सान रोड नजिक रहेको ६ तले होटलमा राति करिव ९ः२१ बजे आगलागी भएको हो । पाँचौं तल्लाको कोठाबाट शुरु भएको आगलागीबाट एक विदेशी महिलाको तत्काल मृत्यु भएको थियो ।

घाइते दुई विदेशीको पछि अस्पतालमा मृत्यु भएको बताइएको छ । सात जना घाइतेमध्ये दुई जना थाई पुरुष र पाँच विदेशी रहेको स्थानीय दमकल विभागले जनाएको छ । होटललाई सुरक्षा निरीक्षणका लागि बन्द गर्न आदेश दिइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x