बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गण्डकी कोटीहोमः महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो ।

पोखरा महामनगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको दाबी गर्दै आएको छ । अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो ।

आज तय भएको साइतमै भूमिपूजा गर्न लागेको र त्यसलाई नगर प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ । झडपका क्रममा कोटीहोम पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x