बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मधेसका मुख्यमन्त्री सिंह महामूर्खको उपाधिबाट सम्मानित

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । हरेक वर्ष होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषदले प्रदान गर्ने महामूर्खको उपाधि यसवर्ष मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । जनकपुरधामको राम मन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो ।

मिथिला नाट्य कला परिषद् आज जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चालेको कदमको सराहना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो । उनलाई विशेष प्रकारको व्यङ्गात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सम्मान गरे ।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि चालेको कदमको सराहना गर्दै उक्त उपाधिले सम्मानित गरिएको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए । यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x