काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी पर्यो, सतर्कताको लागि सुझाव

काठमाडौं । शनिबार बिहान काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ९ बजे जारी गरेको सूचनाअनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको हो ।
उक्त वर्षा गराउने प्रणाली उत्तर(पूर्व सर्दै गरेकाले केही समयपछि उक्त स्थानमा वर्षा हुने देखिएकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
यसका साथै आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव थपिँदा विभिन्न स्थानमा वर्षा भएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE