आज एकै दिन यति धेरै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर नेपाली बजारमा पनि परेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE