शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

पाकिस्तानविरुद्ध भारतको कडा एक्सन, मुख्य सीमा नाका नै बन्द

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको छ । कश्मीरको पर्यटकीयस्थलमा बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी सर्वसाधरणको हत्या गरेपछि भारतले पाकिस्तानमाथि कडा कदम चालेको हो ।

यस अन्तर्गत दुई देशलाई जोड्ने मुख्य सीमा नाका बन्द गर्ने, ऐतिहासिक जलवितरण सन्धि निलम्बन गर्ने, पाकिस्तानी कुटनीतिक कर्मचारीहरूलाई निष्कासन गर्ने र केही पाकिस्तानी भिसा भएकाहरूलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिनेलगायत कदम समावेश रहेको समाचारमा उल्लेख छ ।

पाकिस्तानी अधिकारीहरूले आक्रमणमा देशको संलग्नतालाई अस्वीकार गरेको छ । साथै भारतको सो कदमविरुद्ध बिहीबार आफ्नो प्रतिकारात्मक कदम चाल्ने बताएको पाकिस्तानी विदेशमन्त्रीले जानकारी दिएका छन् ।

भारत सरकारले यस घटनाप्रति रोष व्यक्त गर्दै पाकिस्तानलाई परोक्षरूपमा जिम्मेवार ठह¥याएको छ । भारतले लामो समयदेखि पाकिस्तान सरकारलाई यस क्षेत्रमा सशस्त्र समूहहरूलाई सहयोग गर्ने आरोप लगाउँदै आएको छ, जसलाई पाकिस्तानले पूर्णरूपमा खण्डन गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x