जनमत र नाउपाको एकता आज हुँदै, कसको बरियता के ?

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठको नेतृत्वमा बनेको नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुने भएको छ । २०७९ को निर्वाचनबाट उदाएका यी दुई पार्टीबीच आज एकता हुने भएको हो ।
दुई पार्टीले मधेश लक्षित ठूलो पार्टी बनाउने लक्ष्य लिएर एकता गर्न लागेका छन् । पार्टीको एकता आज नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे हुने भएको छ ।
पार्टीको नाम नागरिक जनमत रहनेछ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहनेछन् । पार्टी अध्यक्ष सीके राउत र रञ्जिता चौधरी सह–अध्यक्ष रहनेछन् ।
नाउपाका नेता रामलाल डगौराका अनुसार, ७०० सदस्यीय केन्द्रीय समिति बन्नेछ । दुवै पार्टीबाट समान ३५० जना केन्द्रीय सदस्य छानिनेछन् । पदाधिकारी भने टुंगिन बाँकी छ ।
उनका अनुसार, पार्टीका पदाधिकारी ५० सदस्यीय रहनेछ । दुवै पार्टीका २५–२५ जना पदाधिकारी रहनेछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE